"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बुधबार र बिहीबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, शुक्रबारदेखि मौसम खुल्दै जाने

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । यसको कारण देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भू–भागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिन्छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार र बिहीबार धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।

उनका अनुसार पूर्वको तुलनामा मध्य र पश्चिमको धेरै ठाउँमा पानी पर्नेछ भने पश्चिमी उच्च हिमाली भेगमा भारी हिमपात पनि हुनेछ । तर लगातार झरीको सम्भावना भने कतै पनि नरहेको उनले बताए।

बुधबार मध्य र पूर्वको मौसम दिउँसो एकैछिन खुल्दै बादल लागेर थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए ।

यस्तै बुधबार दिउँसोभन्दा राति धेरै ठाउँमा पानी पर्नुका साथै हिमपात हुने र आउँदो शुक्रबारदेखि भने मौसम खुल्दै जाने मौसमविद्को भनाई छ ।

२०७६ माघ १५ गते बुधवार ०९:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु