नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाद्वारा शपथ ग्रहण
sf7df8f}F, !# df3 -/f;;_ M gjlgjf{lrt ;efd'v clUgk|;fb ;fksf]6f ;f]daf/ /fi6«klt sfof{no lztnlgjf;df /fi6«klt ljBfb]jL e08f/Laf6 kb tyf uf]kgLotfsf zky lng]qmddf ;xefuL x'Fb} . ;fydf k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M /Tg >]i7, /f;; .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ लिएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।
आइतबार भएको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको थिए ।
२०७६ माघ १३ गते सोमवार १३:२४ बजे प्रकाशित























