सुनको भाउ प्रतितोला ७६ हजार

काठमाडौं । साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले बढेको हो ।
सोमबार छापावाल सुन तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ सोमबार तोलामा थप पाँच सय रुपैयाँ बढेको हो ।
यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
पछिल्लो केही महिनादेखि सुनको भाउ अस्थिर जस्तै छ, जसको प्रभावव्यापारमा परेको व्यवसायीहरु बताउँछन् ।
२०७६ माघ १३ गते सोमवार ११:३७ बजे प्रकाशित