"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एक हप्तादेखि सञ्चारविहीन हुँदा अनलाइन फर्म भर्न नपाउँदा विद्यार्थी मार्कामा

जुम्ला । सञ्चारविहीन हुँदा जुम्लाका सयौँ विद्यार्थीलाई लोकसेवा आयोगको नायव सुब्बा र अनुसन्धान सूचक पदमा अनलाईन फर्म भर्न समस्या भएको छ ।

एक हप्ता अगाडि कालीकोटको भत्तास्थित स्तम्भमा खराबी आएपछि जुम्ला सञ्चारविहीन बनेको थियो । आज दिउँसो १२ बजे सञ्चार आए पनि अनलाइनद्वारा गरिने काम राम्रोसँग हुन नसकेको जुम्लास्थित लोकसेवा आयोग तथा अन्य सरकारी कार्यालयको राजश्व दाखिलाको काम गर्दै आएका सन्राइज सइबरका सञ्चालक रवीन्द्र नेपालीले बताए ।

लोकसेवा आयोगले भर्खरै खुलाएको नायब सुब्बा र राष्ट्रिय अनुसन्धान आयोगको सूचक पदमा अनलाइन फर्म भर्न दिनहँु ३०० देखि ७०० युवायुवती दिनभर लाइन बसे पनि नेटले राम्रोसँग काम नगर्दा फर्म कसरी भरिनेमा चित्ता रहेको नायब सुब्बा पदको फर्म भर्न आएका २४ वर्षीया सुजन शाहीले बताए सञ्चार सेवा बन्द भएका कारण यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको छ ।

नेपाल टेलिकम शाखा जुम्लाले मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको जनाएको छ ।

२०७६ माघ १० गते शुक्रवार २०:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु