वन र रिंगिट बाहेक सबै विदेशी मुद्रा महङ्गियो
काठमाडौं । शुक्रबार कोरियन वन र मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको मूल्य बढेको छ ।
नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ ।
त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा थियो ।
२०७६ माघ १० गते शुक्रवार ११:०४ बजे प्रकाशित