सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घट्यो
काठमाडौं । साताको चौथो दिन नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले घटेको हो ।
सुनको भाउ बुधबार तोलामा पाँच सय रुपैयाँ घटेर तोलाको ७४ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार तीन सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ७५ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको थियो ।
यस्तै बुधबार चाँदी तोलामा १५ रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
२०७६ माघ ८ गते बुधवार ११:१४ बजे प्रकाशित