कोरियन वन र मलेसियन रिंगिटको मूल्य घट्यो, अरु मुद्रा बढ्यो

काठमाडौं । बुधबार कोरियन वन र मलेसियन रिंगिटको भाउ घटेको छ भने अरु सबै विदेशी मुद्राको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११४ रुपैयाँ २३ पैसा तोकेको छ ।
त्यसैगरि कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा थियो।
विस्तृत तालिकामा हेर्नुहोस्ः
२०७६ माघ ८ गते बुधवार १०:४७ बजे प्रकाशित