आज फेरि सुनचाँदीको मूल्य तीन सयले बढ्यो

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु ३०० रुपैंयाँले बढेको हो ।
सोमबार तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार रु ३०० ले बढेर तोलामा ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुनको मूल्य भने तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छ।
यस्तै मंगलबार चाँदी रु ५ बढेर तोलामा ८९८ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
२०७६ माघ ७ गते मंगलवार १३:०९ बजे प्रकाशित