आज सबै विदेशी मुद्राको भाउ बढ्यो
काठमाडौं – शुक्रबार कोरियन वनबाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा थियो ।
त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा थियो ।
विस्तृतमा तालिका हेर्नुहोस् :
२०७६ माघ ३ गते शुक्रवार ११:३४ बजे प्रकाशित