आजबाट उच्च हिमाली तथा पहाडी भेगमा वर्षा र भारी हिमपात, शनिबारदेखि केहि सुधार हुने
काठमाडौं । आज देशका विभिन्न ठाउँमा बर्षासहित मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको असरले काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइ सकेको छ ।
बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले बेलुकीसम्ममा पूर्वमा पनि पानी र हिउँ पर्ने संभावना रहेको छ ।
आज र भोलि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना छ । शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् मानन्धरले जानकारी दिइन्।
२०७६ माघ २ गते बिहीवार १०:२९ बजे प्रकाशित