"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनको भाउ तोलामा सात सय रुपैयाँले बढ्यो

काठमाडौं। साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु ७०० रुपैंयाँले बढेको हो ।

मंगलबार तोलामा ७४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु ७०० बढेर ७४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजावी सुन बुधबार तोलामा ७० हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी पनि बढेको छ । मंगलबार तोलामा रु ८८० मा कारोबार भएको चाँदी बुधबार बढेर रु ८८५ मा कारोबार भएको हो ।

२०७६ माघ १ गते बुधवार १२:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु