"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मौसम पूर्वानुमान : आजबाट फेरि हिउँदे झरी र हिमपात

काठमाडौं । पश्चिमका पहाडी र हिमाली भूभागमा फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

सोमबार बेलुकादेखि यी ठाउँमा पश्चिमी वायुको प्रभाव पर्ने हुनाले हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

पूर्व र मध्यका केही ठाउँमा बिहान लागेको कुहिरो १० बजेतिरबाट पातलिँदै गएर दिउँसो सामान्य बादल लाग्ने सम्भावना छ । तर तराईका भेगमा भने सोमबार दिनभर कुहिरो लाग्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभाव मङ्गलबार बेलुकासम्म देखिने हुनाले पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भने बुधबारदेखि फेरि मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।

२०७६ पुस २८ गते सोमवार १०:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु