प्रदेश ३ को नाम बागमती, स्थायी राजधानी हेटौंडा तोकियो

हेटौंडा । आज बिहान बसेको ३ नं प्रदेशको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको राजधानी हेटौंडालाई गरेको प्रस्ताव दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थिए।
यसैगरी आजै सो बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभ्रे धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले अस्वीकृत ग¥यो । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गरे भने पक्षमा जम्मा तीन मतमात्र परेको सभामुख सानुकुमार श्रेष्ठले जनाए ।
२०७६ पुस २७ गते आइतवार ११:५९ बजे प्रकाशित