"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पश्चिमी वायु फेरि सक्रिय हुँदैः केही स्थानमा पानीसहित हिमपातको सम्भावना

काठमाडौं । आइतबार काठमाडौसहित पहाडी भेगमा लागेको कुहिरो बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन् ।

तर तराईमा भने आइतबार दिनभर नै कुहिरो हट्ने सम्भावना छैन । आइतबार सामान्यतया मौसम सफा नै रहे पनि सोमबार बेलुकादेखि फेरि पश्चिमी वायुको प्रभाव देखिने र देशभरको मौसममा सामान्य बदली हुने महाशाखाले जनाएको छ । मौसम बदलीसँगै पश्चिमका केही ठाउँमा सामान्य पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएको छ।

आइतबार बिहान काठमाडौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

२०७६ पुस २७ गते आइतवार ११:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु