सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो
काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ९ सय रुपैंयाँले घटेको हो ।
शुक्रबार ९ सय रुपैयाँ घटेर तोलाको ७४ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि तोलामा ९ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी पनि आज तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैहरेको छ ।
अमेरिका र ईरानबीचको तनावका कारण बढेको सुनको भाउ दुई देशबीचको तनाव मत्थर हुँदै गएपछि भाउ घट्दै गएको महासङ्घअन्तर्गतको सुनको भाउ निर्धारण समितिले जनाएको छ ।
२०७६ पुस २५ गते शुक्रवार १२:०१ बजे प्रकाशित