"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

लगातार बढेको सुनको मूल्य आज घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु एक हजार रुपैंयाँले घटेको हो ।

बुधबार तोलामा एक हजारले वृद्धि भएको सुन बिहीबार एक हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुन ७२ हजर २ सय रुपैयाँ कायम गरिएको छ।

बुधबा सुन तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी तोलाको ९ सय रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ।

इरान र अमेरिकाबीचको आन्तरिक विवादले सुनको भाउ उचाव चाढाव भएको हो।

२०७६ पुस २४ गते बिहीवार १२:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु