"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कर्मचारीविहीन स्थानीय शिक्षा शाखा, शिक्षा क्षेत्र कमजोर हुँदै जाने सङ्केत

पाल्पा । पाल्पाको स्थानीय तहमा शिक्षा शाखा कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावका कारण शाखाका काम कारवाही प्रभावित भएको छ । स्थानीय सरकारले शिक्षा शाखाका संयोजकको जिम्मेवारी अहिले रोजगार संयोजकलाई तोकिएको छ ।

जिल्लाको तानसेन नगरपालिका तथा बगनासकाली, तिनाउ र रिब्दीकोट गाउँपालिकामा मात्र शिक्षा शाखामा कर्मचारी छन् । त्यो पनि आवश्यकता अनुसार रहेको छैन् । बाँकी स्थानीय तहका शिक्षा शाखा अस्थायी र करार कर्मचारीका भरमा सञ्चालन छन् । फलस्वरुप शाखाका काम कारवाही प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पाका छ स्थानीय तहमा शिक्षक तथा करारका कर्मचारीका भरमा शिक्षा शाखाका गतिविधि सञ्चालित छन् ।

करारका कर्मचारी भरमा शिक्षा शाखा सञ्चालनले स्थानीय तहलाई शिक्षाप्रति बेवास्ता गरिएको शिक्षाविद्को दाबी छ । अस्थायी करारका कर्मचारीका भरमा शिक्षा सञ्चालनले शिक्षा क्षेत्र कमजोर हुँदै जाने सङ्केत देखिएको शिक्षक बताउँछन् ।

२०७६ पुस १५ गते मंगलवार १५:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु