जम्मु– कश्मिरको वायु नेपालतिर प्रवेश : वर्षा र हिमपात हुने
काठमाडौं । जम्मु–कश्मिर माथि रहेको पश्चिमी न्यून चापिय प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज अबेर रातीसम्ममा प्रवेश गर्दैछ ।
यस प्रणालीका कारण मंगलबार नेपालका मौसम सामान्य रहेपनि बुधबारदेखि सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडि भू-भागमा हल्का वर्षाको संभावना रहेको छ।
पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलको अनुसरा शुक्रबार र शनिबार पानी पर्ने संभावना रहेको छ । उनले भने ‘न्यूनचापीय प्रणाली नेपालको पश्चिम भू-भागबाट प्रवेश गर्दै पूर्वसम्म पुग्नेछ। जसले गर्दा सुदूरपश्चिमको उच्च पहाडि तथा हिमाली क्षेत्र र पूर्वी पहाडि भू-भागमा वर्षा र हिमपातको संभावना छ।’ यो प्रणाली आइतबारसम्म सक्रिय रहने मौसन पूर्वानुमान महाशाखाको अनुमान छ।
हिमपात र वर्षपछि देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ।
२०७६ पुस १५ गते मंगलवार १२:५१ बजे प्रकाशित