"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपाल जस्तो पिछडिएका देशमा शिक्षामा लगानीको खाँचो : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताएका छन्। चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा भएकाले राष्ट्र र समाजको विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताए ।

अध्यक्ष प्रचण्डले भने,“समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा हो, जबसम्म शिक्षामा प्रगति हँुदैन र राज्यले शिक्षालाई प्राथमिकता दिएर त्यसको विकासको निम्ति लगानी बढाउँँदैन, तबसम्म विकास र समृद्धिले गति लिन सक्दैन ।’’ उनले विकसित देशले अहिले पनि शिक्षामा लगानी बढाएका छन् भने नेपाल जस्तो पिछडिएका देशमा शिक्षामा लगानी अभिवृद्धि गर्नुपर्ने खाँचो रहेको धारणा व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले निजी विद्यालयलाई नियमन र सामुदायिक विद्यालयलाई प्रोत्साहन दिनुपर्ने बताए । उनले भने,“ केही वर्षअघि आँधीहुरी जस्तो निजी विद्यालय खुल्ने क्रम बढ्यो, सार्वजनिक विद्यालय नाजुक हुनुपर्ने अवस्थामा पुग्यो तर अहिले सामुदायिक विद्यालयले पनि शैक्षिक गुणस्तरमा राम्रो सुधार गरिरहेका छन्, सार्वजनिक विद्यालयलाई जति राम्रो गर्न सक्यो समृद्धिको यात्रालाई त्यत्तिकै तीव्र गतिमा लैजान सक्छौँ ।

२०७६ पुस १३ गते आइतवार २०:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु