विद्युत् वितरण केन्द्रमा कर्मचारीको अभाव, उपभोक्तालाई सेवा दिन समस्या

हेटौंडा । साठी हजार विद्युत् सेवा लिने ग्राहक रहेको विद्युत् वितरण केन्द्र हेटौँडा शाखामा कर्मचारी अभावले उपभोक्तालाई
सेवा दिन समस्या भएको छ । कार्यालयबाट प्राप्त विवरण अनुसार कर्मचारी र प्रविधिकसहित १४५ दरबन्दी रहेकोमा हाल १०५ कर्मचारी कार्यरत छन् ।
कर्मचारी अभावका कारण विद्युत् मिटर वितरण, तार र पोल जडान, मर्मत सम्भार तथा ग्रामीण विद्युतीकरणलगायतको समस्या रहेको बताइएको छ । खासगरी मकवानपुरको उत्तरी क्षेत्रमा पोल तथा तार जल्दा वा टान्सफर्मर बिग्रदा समस्या आउने गरेको गढीका राममोहन अधिकारीले भने ।
इ विलिङमार्फत विद्युत् राजश्व लिने र महशुल काउन्टरको सङ्ख्या बढाइएकाले उपभोक्तालाई समस्या नभएको ठाकुरको भनाइ थियो । चुस्त दुरुस्त सेवा दिन आफू आएदेखि लागिपरिरहेको तर कर्मचारी अभावले काम गर्न केही असहज भएको उनको गुनासो छ ।
२०७६ पुस १३ गते आइतवार २०:४४ बजे प्रकाशित