"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग हुने कुराले मान्छेको मन पोल्न थाल्यो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताएका छन्।

प्रेस सङ्गठनद्वारा आज यहाँ आयोजित ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले असाधारण ढङ्गले सरकारले नयाँ काम अघि सारेकाले विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिएको बताए ।

प्रधानमन्त्री ओलीले एउटा तप्का विकास निर्माणका काम हुन नदिइ विवाद निम्त्याउन उद्दत रहेको छ भने ।

“छ वर्षभित्रमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग हुने विषयले केही मान्छेको मन पोल्न थालेको छ”, उनले भने “मैले खोलाबाट आवागमन गर्न सक्छौँ भनेँ उडाए, समुद्रमा जहाज चलाउन सक्छौँ भनेँ उडाए, कति दयनीय अवस्थामा छन् विरोधी भने पानीमा जहाज चल्छ भन्ने पनि थाहा पाएका छैनन्, नदीमा स्टिमर र जहाज चल्छ भन्ने त थाहा पाउनुपर्छ नी ।”

एकथरी कागजको डुङ्गा बनाएर चलाइरहँदा अर्कोथरीले जहाज चलाएर देखाएको भन्दै उनले निजी क्षेत्रका युवाले आफैँ प्रेरित भएर नारायणीमा जहाजको परीक्षण गरिसकेकामा खुशी व्यक्त गरे । प्रधानमन्त्रीले ओलीले भने, “अब हामीकहाँ गङ्गाबाटै सामान आइपुग्छ, देख्न सक्नेले देख्छ, देख्न नसक्नेका लागि मजाक हुन्छ, आएपछि उनीहरु आश्चर्य चकित हुन्छन् ।”

उपलब्धि जनतामाझ लानसमेत उनले सञ्चारकर्मीसँग आग्रह गरे। प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरता, सुशासन, शान्ति सुव्यवस्था, आर्थिक उन्नतिका हिसाबले सरकारले असाधारण प्रयास गरेको बताउँदै सरकारको कामलाई ओझेलमा पारेर विभिन्न ढङ्गले भ्रम पैदा गर्ने प्रयास भइरहेकाले सचेत हुन सबैमा आग्रह गरे ।

गोकर्ण रिसोर्टको भाडा थपिएको विषयमा कहिल्यै म्याद नथपिएको, अहिलेको सरकारले मात्रै म्याद थपिएको जसरी प्रचार गरिएको छ, त्यसमा आपत्ति जनाउँदै उनले स्वतन्त्र सङ्घसंस्थाबाट मूल्याङ्कन र विधि तय गरेर आकर्षक ढङ्गले सरकारलाई कर तिर्छ र प्रतिष्पर्धामा जान्छ भने त्यो भाडामा लिन नपाउने भन्ने नहुने बताए । प्रधानमन्त्री ओलीले जमानामा किनेर लिएको जग्गा अहिलेको सरकारले गरेको भनेर भ्रम पैदा गर्ने काम नगर्न आग्रह गरे ।

विगतमा चुनाव हारेर काम चलाउ भएको सरकारले ठूलाठूला कारोवार गरेको जिकिर गर्दै उनले तिनै तत्वले अनैतिक ढङ्गले जालझेल गरिरहेको बताए । प्रधानमन्त्री ओलीले आर्थिक कारोवार गर्न नसकिने अवस्थाको सरकारबाट त्यस्ता काम भए पनि अहिलेको सरकारलाई सबै कुरा थाहा नहुने उल्लेख गर्दै त्यो बेला दिएको कालिमाटीको जग्गा पनि अहिलेको सरकारले दियो भनेर प्रचार भइरहेकामा असन्तुष्टि व्यक्त गरे। उनले भने “अहिलेको सरकारले यस्ता गतिविधि गर्दैन, कसले ग¥यो त्यो छानविन गरौँ, कसरी दिइयो छानविन गरौँ, दरबार अगाडि घर बनाएको कसको समयमा हो, त्यो पनि छानविन गरौँ ।”

२०७६ पुस १२ गते शनिवार १९:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु