सुनको मुल्य निरन्तर बढ्दै, ६ दिनमै प्रतितोलामा १७ सय बृद्धि
काठमाडौं । आइतबारदेखि शुक्रबारसम्म आउँदा सुनको मुल्यमा १७ सय रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य शुक्रबार आउँदा ७३ हजार ३ सय रुपैयाँ पुगेको छ । बिहिबार छापावाला सुनको मुल्य प्रतितोलामा ७२ हजार ८ सय रुपैयाँ थियो ।
महासंघले जनाएअनुसार तेजाबी सुनको मुल्यमा पनि बढोत्तरी आएको छ । बिहिबार ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मुल्य शुक्रबार प्रतितोला ७३ हजार पुगेको महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य प्रतितोला ८ सय ९० रुपैयाँ रहेको महासंघले जनाएको छ । महासंघले जनाएअनुसार गत आइतबार चाँदीको मुल्य प्रतितोला ८ सय ५५ रुपैयाँ थियो ।
२०७६ पुस ११ गते शुक्रवार १८:०४ बजे प्रकाशित