"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कुखुरा तथा अण्डाको मुल्य वृद्धि, उपभोक्ता मारमा

काठमाडाै‌ ।व्यवसायीहरुले कुखुरा तथा अण्डाको बजार मूल्य बढाएपछि उपभोक्ता मारमा परेका छन् । एकै हप्तामा प्रतिकिलो रु ५० को दरले कुखुराको भाउ बढेपछि उपभोक्ता मारमा परेका हुन् ।

जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो रु २००, मासु प्रतिकिलो थोक रु ३०० र खुद्रा मूल्य प्रतिकिलो रु ३४० दरभाउ कायम गरिएको एक व्यवसायीले बताए। ठूला अण्डाको खुद्रा मूल्य प्रतिपेटी रु दुई हजार ३००, साना अण्डाको रु दुई हजार २०० मूल्य कायम भएको छ । थोक मूल्य ठूला अण्डाको प्रतिपेटी रु दुई हजार २०० र साना अण्डाको रु दुई हजार १०० मूल्य कायम भएको छ ।

कुखुरा तथा अण्डा व्यवसायीहरुले एक हप्तामै प्रतिकिलो रु ५० को दरले कुखुराको मुल्य बढाएपछि उपभोक्ता मार्कामा परेका छन् ।

२०७६ पुस १० गते बिहीवार २१:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु