"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

पुरुषले वास्ता नगरेपछि महिलाले परिवार नियोजन गर्नुपर्ने बाध्यता

कैलाली । कैलाली यहाँ परिवार नियोजनको जिम्मा महिलाकै कांँधमा रहेको छ । कैलालीमा सञ्चालन भएको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गर्नेमा सबै महिला छन् । कैलालीका छ ठाउँमा स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ जहाँ १४७ जनाले बन्ध्याकरण गरेका छन् जसमा पुरष तीन मात्रै छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन निरीक्षक ओलटनारायण चापागाईँले परिवार नियोजन गर्न कैलालीमा महिला अग्रसर देखिएको बताए । ‘‘पहाडी जिल्ला बझाङबाट कैलाली सरुवा भएर आएको हुंँ । त्यहांँ पुरुष मात्रै बन्ध्याकरण गर्छन् । यहांँ त सबै महिला आए । यहांँका पुरुष त बन्ध्याकरण गर्नै मान्दैनन् ”, चापागाईँले भन्नुभयो, ‘‘महिला मात्रै सेवा लिन आएपछि स्वयंसेविकालाई पुरुष पनि खोज्नुस् भनेको, आएका पुरुष पनि बन्ध्याकरण गरे कमजोर भइन्छ भनी फर्कन्छन् ।’’

स्वयंसेविका रुक्मिणी शर्मा महिलाको तुलनामा पुरुषले बन्ध्याकरण गर्न सजिलो हुने भए पनि बुझाउन नसकिएको बताए। ‘‘पुरुषले बन्ध्याकरण गरे फेरि सन्तान जन्माउन चाहे उल्टाउन मिल्छ, महिलाले मिल्दैन तर पनि पुरुष मान्दैनन्’’, शर्माले भनिन् ‘‘पुरुषले परिवार नियोजन महिलाकै ठेक्का जस्तो गरेका छन् ।’’

गर्भवती, पाठेघर खस्ने समस्या भएका र पहिले सघन शल्यक्रिया गरेका महिलाले मिनील्याप गर्न मिल्दैन । मिनील्याप गरेपछि महिला हिंँडेर घर जान नसक्ने र बोकेर लैजानुपर्ने हुनाले पहाडी क्षेत्रमा भने पुरुष भ्यासेक्टोमी गर्न तयार हुने तर तराईमा यातायात सुविधा भएकाले स्थायी बन्ध्याकरण महिलाकै ठेक्काजस्तो भएको पुरुषले गर्ने व्यवहारको अनुभव आफूहरुले पाएको स्वयम् स्वास्थ्यकर्मी सुनाउँछन् ।

महिलाले मिनील्याप गर्दा शल्यक्रिया नै गर्नुपर्छ तर पनि महिलाले यो सेवा बढी लिएका छन् । ‘‘आफू सानो झन्झट नखेप्ने तर महिलालाई जटिलता पनि व्यहोर्न लगाउने पुरुषहरूको प्रवृत्ति छ’’, सिनियर अनमी तारा खरेल भन्छिन्, ‘‘पुरुषले वास्ता नगरेपछि महिलाले परिवार नियोजन गर्नुपर्ने बाध्यता छ । विभिन्न खतरा र जोखिम हुंँदा पनि महिलाहरु परिवार नियोजनबारे पुरुषभन्दा बढी सचेत रहेको देखिन्छ ।’’

२०७६ पुस १० गते बिहीवार २१:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु