"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

जङ्गली हात्तीले तीन घरमा क्षति, उपभोक्ता आतङ्कित

झापा । झापाको कमल गाउँपालिका–५ स्थित गुहेश्वरी टोलमा गए राति आएको एक जोडी जङ्गली हात्तीको आक्रमणबाट तीन वटा घरमा क्षति पुगेको छ ।

वडाध्यक्ष डम्बरबहादुर निरौलाका अनुसार राति २ बजेतिर आएको हात्तीको माउसहित छावा हात्तीले उपद्रो मच्चाउदा त्यहाँका विष्णुप्रसाद खनाल, लक्ष्मी खनाल र मोहमद मुसिलको घरमा क्षति पु¥याइएको छ । हात्तीको उपद्रोबाट खनालद्वयको घरमा सामान्य क्षति पु¥याइएको थियो भने मोहमदको भने घरको बारा भत्काउनुका साथै धानसमेत खाएर क्षति पु¥याएको उनले बताए।

हात्ती नजिकैको रतुवा माई वृक्षरोपण आयोजना क्षेत्रको जङ्गलबाट आएको र रातभरी टोलवासी आतङ्कित हुनुपरेको वडाध्यक्ष निरौलाले बताए ।

२०७६ पुस १० गते बिहीवार १४:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु