"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

१७ वर्षपछि रामकृष्ण ढकालको वैवाहिक सम्बन्धमा पूर्णबिराम !

काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहले सम्बन्ध बिच्छेद गरेका छन् । उनीहरूले बुधबार जिल्ला अदालत काठमाडौंबाट सम्बन्ध विच्छेद गरेका हुन् ।

जानकारीअनुसार पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् । ढकाल दम्पतीले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।

शाहले ढकालबाट कुनै पनि प्रकारको अंश तथा मानाचामल नलिने र छोरी भने आफैले राख्ने गरी सम्बन्ध बिच्छेद गरेकी छन् । यद्यपि, छोरीको शिक्षा र स्वास्थ्यको जिम्मेवारी भने दुबै जनाले संयुक्त रुपमा गर्ने सहमति गरेका छन् ।

२०७६ पुस ९ गते बुधवार १८:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु