"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपभोक्तालाई च्याउको महत्व बुझाउन ‘राष्ट्रिय च्याउ जागरण’ अभियान चलाइँदै

काठमाडौं । च्याउ उत्पादक किसान सङ्घ, नेपालले च्याउको महत्व बुझाउन मेची–महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गर्ने भएको छ । च्याउ किसानका विषयमा राज्य गम्भीर नभएको र उचित प्रचारप्रसारको अभावमा उपभोगको दरसमेत न्यून रहेकाले देशव्यापीरुपमा च्याउको महत्व बुझाउन जागरण अभियान चलाउन लागिएको आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा किसानले बताएका छन् ।

सङ्घका अध्यक्ष प्रेमनारायण अधिकारीले यही पुस ९ गते झापाको काँकडभिट्टाबाट शुरु हुने मेची–महाकाली राष्ट्रिय च्याउ जागरण अभियान पुस २९ गते काठमाडौँमा आएर समापन गरिने जानकारी दिए । अभियानका लागि काठमाडौँबाट ३५ जना च्याउ उत्पादक किसानको टोली आज त्यसतर्फ प्रस्तान गरेका छन् ।

उनका अनुसार च्याउ उत्पादनमा कच्चा पदार्थको अभाव, गुणस्तरीय बीउ र बीमाको समस्या र बजारको अभाव रहेको छ । सरकारले कृषि विभागअन्तर्गत रहेको व्यावसायिक कीट विकास केन्द्रलाई च्याउ क्षेत्र हेर्ने जिम्मेवारी दिएको छ ।

२०७६ पुस ७ गते सोमवार २१:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु