"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

अत्यधिक चिसो बढेकाले राजविराजमा तीन दिन विद्यालय बन्द

सप्तरी । सप्तरीको राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय अगामी तीन दिनका लागि बन्द गरिने भएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले आज जारी गर्नुभएको विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने बालबालिकालाई असर पर्ने भएकाले यही पुस ६ देखि पुस ८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

तीन दिनका लागि राजविराज नगर क्षेत्रभित्र पर्ने सम्पूर्ण संस्थागत तथा समुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगत तीन÷चार दिनदेखि लगातार तराई मधेशमा बढेको शीतलहर र चिसोका कारण स्थानीय बजारमा चहलपहल कम देखिएको छ । बाक्लो हुस्सुसँगै पश्चिमी हावा चल्दा बढेको अत्यधिक चिसोले सप्तरीको राजविराजलगायत पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पनि सकस परेको छ ।

२०७६ पुस ५ गते शनिवार १६:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु