"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

डोल्पा जिल्ला नै तीन दिनदेखि टेलिफोन सेवाविहीन, उपभोक्ता समस्यामा

डोल्पा । हिमाली जिल्ला डोल्पामा तीन दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ । गत मङ्गलबार दिउँसोदेखि गएको मोबाइल टावर अझैसम्म नआएपछि सिङ्गो डोल्पा जिल्ला नै तीन दिनदेखि टेलिफोन सेवाविहीन भएको हो ।

सदरमुकाम दुनै, जुफाल, खदाङलगायतका जिल्लाका विभिन्न क्षेत्रमा राखिएको टेलिफोन टावरबाट फोन सेवा सञ्चालन नभएकाले फोन तथा इन्टरनेट सेवा ठप्प भएको छ । “मङ्गलबार दिउँसोबाट मोबाइल टावर गएको हो, अझै नआएको स्थानियको भनाई छ । , दुर्गमलाई सुगमसँग जोड्न टेलिफोन सेवा नै नभएपछि उपभोक्ताहरु समस्यामा परेका छन् ।

मङ्गलबारदेखि डोल्पामा लेन्डलाइन टेलिफोन, नमस्ते र स्काइको मोबाइल सेवा, ए।डि।एस।एल इन्टरनेट सेवालगायत कुनै पनि सञ्चार सेवा छैन । अवरुद्ध टावर सञ्चालन गर्नका लागि डोल्पाका विभिन्न ठाउँमा राखिएको टावरमा पुगेर जाँच गर्ने काम भइरहेको दूरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीले जानकारी दिए।

दुर्गममा लामो समयसम्म टावर नहुँदा एक ठाउँबाट अर्को ठाउँमा सम्पर्क गर्न ठूलो समस्या भएको सिरहा जिल्लाबाट डोल्पा अध्यापन गर्न आएका शिक्षक रामनाथ यादवले बताए ।

सुविधाका नाममा रहेको मोबाइल सेवासमेत ठप्प भएपछि घरमा रहेका आफन्तहरुसँग समेत कुरा गर्न समस्या भएको उनको भनाइ छ ।

२०७६ पुस ३ गते बिहीवार १८:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु