"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पश्चिम तराईमा शीतलहरले जनजीवन अत्यन्तै कष्टकर, चिसोबाट जोगिन चिकित्सकले सुझाव

धनगढी । चिसो मौसमको सुरुवातसँगै पश्चिम तराईमा शीतलहर शुरु भएको छ । बाक्लो हुस्सुसँगै हावा चल्दा शीतलहर सुरु भएको हो । गत सोमबारदेखि जाडो बढे पनि बुधबारदेखिको चिसो सिरेटोले जनजीवन कष्टकर बनेको छ ।
कठ्याङग्रिने जाडाले सबैभन्दा बढी वृद्धवृद्धा, बालबालिका र मजदूर वर्गलाई असर पु¥याएको छ ।
चार दिन अघिसम्म अधिकतम २३ डिग्री सेल्सियस तापक्रम रहेको कैलालीमा आज न्यूनतम तापक्रम १२ डिग्री र अधिकतम १५ डिग्री सेल्सियस रहेको छ । अधिकतम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा जाडोको महसुस बढी हुने गर्दछ ।
चिसोका कारण बजार क्षेत्रमा चहल पहलमा कमी आएको छ । यस्तो मौसममा कोल्ड डायरिया, निमोनियाँ, ज्वरो र रुघाखोकीका बिरामीलाई बढी सताउने हुँदा चिसोबाट जोगिन सर्वसाधारणलाई चिकित्सकले सुझाएका छन् ।

२०७६ पुस २ गते बुधवार १३:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु