"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपाल वायुसेवा निगमलाई ‘मस्ट पपुलर एयरलायन्स’ अवार्ड

काठमाडौँ । भारतको एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन नामको संस्थाले नेपाल वायुसेवा निगमलाई ‘मस्ट पपुलर एयरलायन्स अवार्ड २०१९’ प्रदान गरेको छ ।

उक्त सम्मान प्रदान गर्न मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा ब्लगर्स एसोसिएसनका अध्यक्ष टीपीएस ग्रोभर आइपुगेका थिए । संचारकर्मीहरुमाझ उनले उक्त सम्मान नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई प्रदान गरेका थिए ।

ग्रोभरले कार्यक्रममा विमान कम्पनीहरुको मूल्यांकन, परीक्षण, टिप्पणी आदी गर्ने पर्यटन पत्रकार एवं ब्लगर्सहरुको अन्तर्राष्ट्रिय संस्थाको अध्ययनका आधारमा निगमलाई सम्मानका लागि छनौट गरिएको बताए ।

यसैगरी निगमका कार्यकारी अध्यक्ष खरेललाई उच्चस्तरीय सेवा, टीम व्यवस्थापनद्वारा उड्डयन क्षेत्रमा उल्लेखनीय नेतृत्व प्रदान गरे बापत एयरलायन्स सीईओ अफ दी ईयर बाट सम्मानित गरेका थिए । दुवै सम्मान हस्तान्तण गरी उनी भारत फर्केका थिए ।

एसोसिएसनले अन्तर्राष्ट्रिय उडानहरुको गुणस्तरीयताको मूल्यांकनका आधारमा यो सम्मान यसअघि फिनल्याण्डको ध्वजाबाहक फिनिस एयरलायन्स र बैंककको थाई एयरलाई पनि दिइएको विज्ञप्तीमा जनाएको छ ।

२०७६ पुस २ गते बुधवार १३:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु