"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आपूर्तिकर्ताले आफूखुशी मूल्य तय गरेपछि उत्पादक सङ्घले गर्याे सडकमा अण्डा फुटाएर आन्दोलन

चितवन । आपूर्तिकर्ताहरुले आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै अण्डा उत्पादक सङ्घले आज भरतपुरको चौबिसकोठीमा अण्डा फोरेर प्रदर्शन गरेका छन् । अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कम मूल्य राखी आपूर्तिकर्ताहरुले खरिद गर्ने गरेको र बिक्री गर्दा महँगोमा गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनअगाडि रहेको गेष्टहाउस चौरबाट शुरु भएको विरोध प्रदर्शन चौबिसकोठीमा पुगेर अण्डा फुटाएर टुङ्गिएको थियो । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा १५ पेटी अण्डा फोरेको अण्डा उत्पादक सङ्घका केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए। उन बिचौलिया आफैँले अण्डाको मूल्य निर्धारण गरेर अण्डाको मूल्य घटाएको र पाँचजना किसानलाई प्रहरीले पक्राउ गरेको विरोधमा सडकमै अण्डा नष्ट गरेको जानकारी दिए।

२०७६ पुस १ गते मंगलवार २२:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु