"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दुई दशकदेखि विद्युत् सेवाबाट बञ्चित छन् पिलरीफाँटाका उपभोक्ता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ मा पिलरीफाँटा गाउँमा विद्युत् सेवा विस्तार नहुँदा स्थानीय बासिन्दा अँध्यारोमै बस्न बाध्य भएका छन् । बस्ती बसेको दुई दशक बिते पनि अझै विद्युत् सेवा विस्तार हुनसकेको छैन । विद्युत् सेवा नहुँदा यस क्षेत्रका बासिन्दा टुकीको सहारा लिन बाध्य छन् ।

केही परिवारले आफ्नै लगानीमा बत्ती बाल्न मात्रै सकिने सौर्यपाता जडान गरेका भए पनि अधिकांश परिवारले मट्टितेलको जोहो गर्दै टुकी बाल्दै आएका छन् । “आठ वर्षअघि चुनावका बेला बस्तीमा विद्युत् सेवा विस्तारका लागि फालिएका विद्युत्का पोल ल्याउँदा गाउँमा विद्युत् सेवा विस्तार हुन्छ भनेर सोचेका थियौँ”, स्थानीय मिलन जप्रेले भने, “पोल जस्तो अवस्थामा छाडेर गएका थिए, अहिले पनि त्यही अवस्थामा छन्, ठड्याउने कार्यसमेत हुनसकेको छैन ।”

टुकीको सहायताले रातिका बेला काम गर्नुपर्दा सबैभन्दा बढी विद्यालय पढ्ने बालबालिका र गृहिणी श्वासप्रश्वासको समस्या खेप्न बाध्य छन् ।

स्थानिय पदम धामीका अनुसार स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारले चुनावमा विद्युत् बाल्ने, सिँचाइ, खानेपानी पु¥याउने बाचा गरेका थिए, बाचाअनुसार चुनावमा मतदान पनि ग¥यौँ, कसैले पनि समस्या समाधान नगरेको बताए ।

२०७६ मंसिर २४ गते मंगलवार १३:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु