"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

गाउँको स्वास्थ्यचौकीमा प्रसूति सेवा नहुँदा घण्टौ‌ हिड्न बाध्यता छन् उपभाेक्ता

बेझाड । जिल्लाको पूर्वी भागमा अवस्थित दुर्गम क्षेत्रमा पर्ने निस्दी गाउँपालिका–३ झिरुवामा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको रु दुई करोडको लागतमा दुईतले १६ कोठासहितको नयाँ भवन निर्माण सम्पन्न भएको हो । सात जनाको दरबन्दी रहेको स्वास्थ्यचौकीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या परेको छ ।

गाउँमा रहेको स्वास्थ्यचौकीबाट प्रसूति सेवा सञ्चालन नहुँदा पैदल करिब डेढ घण्टाको बाटो हिँडेर मित्याल स्वास्थ्यचौकीमै पुग्नुपर्ने बाध्यता छ । यहाँका नागरिकलाई स्वास्थ्य संस्थामा आउन जान निकै कष्ट छ । अब भने नयाँ भवन निर्माण भएसँगै सेवामा सहजता आउने स्थानीयले आशा गरेका छन् ।

पुरानो जीर्ण भवनबाट सेवा दिन समस्या परेपछि तीन वर्षसम्म कबुलियती वनको अम्रिसो सङ्कलन भवनबाट सेवा दिन बाध्य रहेको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष लक्ष्मीप्रसाद पाटाले जानकारी दिए । कर्मचारी र भवन अभावमा यसभन्दा अघि प्रसूति सेवा दिन नसकिएको र अब नयाँ भवन बनेपछि कर्मचारी व्यवस्थापन गरेर छिट्टै नै प्रसूति सेवा सञ्चालन गरिने भएकाे छ ।

२०७६ मंसिर २३ गते सोमवार ०७:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु