पहिलोपटक बिजुली बलेपछि गाउँले खुशी, तीन सय घरधुरी लाभान्वित
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि गाउँले खुशी भएका छन् । बिजुली बत्ती बलेपछि लाभान्वित तीन सय घरधुरीमा खुशीयाली छाएको छ ।
छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले औपचारिक रुपमा ट्रान्सफर्मरको पूजाआजा गरी विधिवत् ‘स्विच अन’ गरेको राष्ट्रिय जनता पार्टी नेपालका क्षेत्रीय सचिव रवीन्द्रकुमार मण्डलले जानकारी दिए।
२०७६ मंसिर २२ गते आइतवार १३:१४ बजे प्रकाशित