"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाँदरको बिगबिगी बढेपछि नियन्त्रण गर्न दुई लाख बजेट विनियोजन

खाँदबारी । स्थानियलाइ बाँदरले अत्याधिक दुःख दिन थालेपछि नगरपालिकाबाट बजेट विनियाेजन गरिएकाे छ । खाँदबारी नगरपालिकाले सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसलाई नियन्त्रण गर्न नगरसभामार्फत नै बजेट विनियोजन गरिएको हो ।

नगरपालिकाको नगरसभाले बाँदर नियन्त्रण कार्यको अध्ययन शीर्षकमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको हो  । बाँदरले आतङ्क मच्चाएपछि बजेट छुट्याएर नियन्त्रणका लागि अध्ययन गरिने नगरपालिकाले जनाएको छ ।

वस्ती वरिपरि जङ्गल बढेकाले पनि बाँदर आतङ्क बढेको होे । बर्खाको समयमा मकै सखाप पार्छ भने हिउँदको समयमा धान, सुन्तला, फलफूल, तरकारी, अलैँची र अम्लिसो टुसा नै च्यातेर तहसनहस पारेका छ ।

२०७६ मंसिर २२ गते आइतवार ११:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु