"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पहिलो बिग मर्जर : आजदेखि नेपालकै सबैभन्दा ठूलो बन्यो ग्लोबल आईएमई बैङ्क

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमा समावेश गरेको ठूला बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभ्ने (मर्जर) नीति कार्यान्वयन सुरु भएको छ ।

साबिकको जनता बैंक र ग्लोबल आइएमई बैंक गाभिएर देशकै धेरै पूँजी भएको बैंक बनेको छ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा आजदेखि दुई ठूला बैंक गाभिएर एकीकृत कारोवार शुरु गरेका हुन् ।

सरकारले चालू आवको बजेटमार्फत र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय संस्थाको सबलीकरणका लागि मर्जर तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहित गरी आएको तथ्यलाई दृष्टिगत गरी दुवै बैंक एकापसमा गाभिएको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

एकापसमा गाभिएसँगै बैंकको चुक्ता पूँजी रु १९ अर्ब पुगेको छ । यस्तै कूल प्राथमिक पूँजी रु २४ अर्ब, निक्षेप रु दुई खर्ब १३ अर्ब, कर्जा रु एक खर्ब ९४ अर्ब पुगेको छ । यो परिमाणको वित्तीय अवस्था हाल सञ्चालनमा रहेका कुनै पनि बैंकको नरहेको अध्यक्ष ढकालको भनाइ छ ।

गाभिने प्रक्रियाबाट प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव–संशोधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि हुने, ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।

बैंकको घोषित नीतिअनुरुप खुद्रा तथा मझौला कर्जा विस्तारमा विशेष महत्व दिनाका साथै केन्द्रीय बंैकको निर्देशनअनुरुप विपन्न क्षेत्र साथै तोकिएको उत्पादनशील क्षेत्रमा हुने कर्जा प्रवाहलाई प्राथमिकतामा राख्ने लक्ष्य राखिएको छ ।

२०७६ मंसिर २० गते शुक्रवार १९:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु