"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

जलवायु परिवर्तनले मानव जातिलाई भोकमरी निम्त्याउँदै, नेपालको अवस्था कति गम्भीर ?

काठमाडौं । मानव जातिलाई भोकमरीको अवस्थाबाट जोगाउन विशिष्ट परिस्थितिअनुसार जलवायु परिवर्तनसँग अनुकूलन हुने रणनीति कार्यान्वयन गरिनुपर्ने एक अध्ययनले देखाएको छ । वेल्टहङ्गरहिल्फे र कन्सर्न वल्र्डवाइड नाम संस्थाले संयुक्तरुपमा अध्ययन गरी सार्वजनिक गरेको ‘विश्वव्यापी भोकमरीसम्बन्धी प्रतिवेदन, २०१९’ ले जलवायु परिवर्तनका कारण सिर्जित खाद्य सुरक्षामाथिको चुनौती सामना गर्न हाल सञ्चालन गरिएको क्रियाकलाप अपर्याप्त रहेको औँल्याएको छ ।

प्रतिवेदनले विपद् न्यूनीकरण र खाद्य तथा पोषण सुरक्षा साथै खाद्य सम्प्रभूतालाई सवलीकृत गर्न दक्षिणी मुलुकका जोखिममा परेका समुदायमा लगानी बढाउन सुझाव दिएको छ । प्रतिवेदनले भोकमरीबाट बचाउन प्रभावित समुदायसँग सहकार्य गरेर स्थानीय आवश्यकतामा आधारित रणनीति बनाउन पनि सुझाव दिएको छ । उच्च आय भएका मुलुकले हरितगृह ग्यास उत्सर्जन न्यून गर्नुपर्ने प्रतिवेदनमा औँल्याइएको छ ।

स्वस्थ्य, पोषणयुक्त एवं दिगो आहार वा भोजनमा मानसिको पहुँच सुनिश्चित गराउन खाद्यान्नको उत्पादन र उपभोग ढाँचामा व्यापक रुपान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

भोकमरीको जोखिममा रहेको मानिस, समुदाय तथा क्षेत्रमा वित्तीय सहायता बढाउन सम्बन्धित मुलुकका सरकारलाई सिफारिस गरिएको छ ।

विषम मौसमी घटनाक्रमले खाद्य उत्पादन र खाद्य सुरक्षालाई जोखिममा पारेको उल्लेख गर्दै प्रतिवेदनमा विश्वव्यापी रुपमा जलवायु परिवर्तनसँग जोडिएका मौसमी घटनाक्रमको सङ¬्ख्या र तीव्रता अझै बढ्ने आँकलन गरिएको छ । यी परिवर्तनले अन्ततः विश्वभर नै व्यापकस्तरमा खाद्य प्रणाली र मानव जीवनमा समेत असर पार्ने प्रतिवेदनमा उल्लेख छ ।

नेपाल ७३ औँ स्थानमा

प्रतिवेदनका अनुसार विश्वमा भोकमरीसम्बन्धी अध्ययन गरिएका कूल ११७ मुलुकमध्ये नेपाल ७३ औँ स्थानमा छ । अहिले पनि नेपाल ‘गम्भीर प्रकृति’को भोकको अवस्थाबाट गुज्रिरहेको प्रतिवेदनमा औँल्याइएको छ । सन् २०१८ मा कूल ११९ मुलुकमा गरिएको अध्ययनमा नेपाल ७२औँ स्थानमा रहेको थियो । प्रतिवेदनले विश्वका मुलुकको भोकमरीको अवस्थालाई ‘न्यून भोक’, ‘मध्यम भोक’, ‘गम्भीर प्रकृतिको भोक’, ‘भयावह भोक’ र ‘अतिभयावह भोक’ गरी पाँच तहमा स्तरीकरण गरेको छ । प्रतिवेदनअनुसार नेपालको स्थिति ‘गम्भीर प्रकृतिको भोक’अन्तर्गत पर्छ ।

सार्क मुलुकमा नेपालको अवस्था राम्रो रहेको छ । अध्ययनमा समेटिएका दक्षिण एशियाली मुलुकको तुलनामा नेपालको अवस्था श्रीलङ्कको भन्दा कमजोर तथा बङ्गलादेश, पाकिस्तान, भारत र अफगानिस्तानको भन्दा राम्रो छ । भुटान र माल्दिभ्स यस अध्ययनमा समेटिएका छैनन् ।

प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले भोकमरी हटाउन जलवायु परिवर्तन मुख्य चुनौतीका रहेको बताउँदै जलवायु परिवर्तनबाट आउने समस्यासँग जुध्न सबैको एकताबद्ध प्रयासको खाँचो आँैल्याए। लिबर्डका कार्यकारी निर्देशक बलराम थापाले भोकमरीसम्बन्धी अध्ययन प्रतिवेदनले तीनै तहका सरकारलाई भोकमरी न्यूनीकरण गर्न नीति, योजना तथा कार्यक्रम बनाउन सहयोग पु¥याउने बताए ।

२०७६ मंसिर १९ गते बिहीवार २०:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु