"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी

काठमाडौं । सरकारले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ।
दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा विभागमा छाप्न बाँकी चालक अनुमतिपत्र गत महिनाभन्दा बढेका हुन्।

गत कात्तिक मसान्तसम्ममा झण्डै सात लाख ८६ हजार चालक अनुमतिपत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले बताएको छ।

अहिले विभागमा पुराना ‘प्रिन्टर’बाट छपाइ भइरहेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए।

उनका अनुसार पुराना उपकरणको क्षमताभन्दा बढी चालक अनुमतिपत्र छाप्नुपर्ने बाध्यता रहेकाले छाप्नुपर्ने चालक अनुमतिपत्र बढिरहेका हुन्।

‘‘मास प्रिन्टर’ सञ्चालनका लागि दक्षजनशक्ति नहुँदा अहिले यहाँ कार्यरत जनशक्तिलाई तालीम दिइरहेको छ’ उनले भने।

‘मास प्रिन्टर’ खरीद गरिएको भारतीय कम्पनीले नै विभागका कर्मचारीलाई उपकरणको प्रयोगबारे प्रशिक्षण दिइरहेको सूचना अधिकारी खनालले जानकारी दिए।

उनले भने, ‘तालीम सकिएर मास प्रिन्टरले पूरै काम गर्न थालेपछि समस्या सकिनेछ।’

चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नविकरणका लागि आवेदन दिएकाको सङ्ख्या झण्डै आठ लाख पुगेको हो।

यो सङ्ख्या अघिल्लो तीनरचार वर्षदेखि नै बढिरहेको छ। ‘मास प्रिन्टर’ र चालक अनुमतिपत्र छाप्नका लागि १० लाख कार्ड खरिद गरेसँगै विभागले छाप्न बाँकी कार्ड सकाउने बताउँदै आएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौतामा ‘मास प्रिन्टर’ प्रयोगमा आएसँगै अहिलेको चालक अनुमतिपत्र छपाइ तीन महिनामा सम्पन्न गर्ने उल्लेख थियो।

२०७६ मंसिर १८ गते बुधवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु