"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । मंगलबार ‘एपेन्डिसाटिस’ तथा ‘पेरिटोनाइटिस’को शल्यक्रिया गरिएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले बुधबार बिहान विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको जानकारी दिए । उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री राम्रोसँग कुरा गर्न सक्ने अवस्थामा रहेको जानकारी दिए ।

मंगलबार प्रधानमन्त्री ओलीलाई विशेषज्ञ चिकित्सकहरुबाट शल्यक्रिया भएपछि सघन उपचारकक्षमा निरन्तर निगरानीमा राखिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट भने हटाइने अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान अस्पताल पुर्‍याइएको थियो । स्वास्थ्य परिक्षणको क्रममा उनलाई ‘एपेन्डिसाइटिस’ हुनुका साथै पेटको संक्रमण (पेरिटोनाइटिस) समेत देखिएको थियो । त्यस लगत्तै विशेषज्ञ चिकित्सकको टोलीले ‘ल्यापरोटोमी’ र ‘एपोन्डेक्टोमी’ विधिबाट शल्यक्रिया गरेका थिए । चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीलाई अझै केहीदिन अस्पतालमै राखिने छ ।

२०७६ मंसिर ११ गते बुधवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु