"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बजार अनुगमन गर्न संसदीय उपसमिति गठन

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमन गर्न उपसमिति गठन गरेको छ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कालो बजारी बढेको निष्कर्ष निकाल्दै बजार अनुगमन गर्ने निर्णय गरेको हो।

उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्न समिति सदस्य नरबहादुर धामीको संयोजकत्वमा सात सदस्यीय उपभोक्ता हित अनुगमन उपसमिति गठन गरेको हो।

उपसमितिले दुध, पानी, दाल, चामल, तेल, औषधी लागयतका उपभोग्य वस्तुहरुमा भइरहेको कालोबजारी, मूल्यवृद्धि, कार्टेलिङ, सिन्डिकेट, गुणस्तर लगायतको अनुगमन गर्ने छ।

उपसमितिले एक महिना भित्र बजार अनुगमन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, प्रकाश रसाईली, लालप्रसाद साँवा लिम्बु, सुजाता परियार सदस्य छन्।

यसैबीच समितिले यसअघि बसेका बैठकमा नेपालको हवाई उडान, विमानस्थलमा रहेका समस्या समाधान, भ्रमण वर्ष २०२०को तयारी र वैदेशिक रोजगारीमा गई कुवेतमा अलपत्र परेका २१ जना कामदारहरुलाई नेपाल फर्काउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको समेत जानकारी गराएको छ।

२०७६ मंसिर ९ गते सोमवार १५:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु