सुनको मूल्य तोलामा रु ४०० बढ्यो
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ७१ हजार ६०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु ४०० बढेर ७२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा रु ८६० मा कारोबार भएको छ । यसअघि सोमबार चाँदी तोलामा रु ८५० मा कारोबार भएको थियो ।
२०७६ मंसिर ३ गते मंगलवार १५:०५ बजे प्रकाशित