"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बालुवाटारमा शीर्ष तहका नेता विच बेग्लाबेग्लै छलफल

काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वेग्ला–वेग्लै छलफल भएको छ । अध्यक्षद्वय ओली र प्रचण्ड प्रधानमन्त्रीनिवास बालुवाटारमा तथा प्रचण्ड र नेपाल खुमलटारस्थित प्रचण्डनिवासमा अलग–अलग छलफल गरेका हुन् ।

तीन नेताहरूबीच पछिल्ला राजनीतिक घटनाक्रम, पार्टी सचिवालय र स्थायी समिति बैठक बोलाउनेलगायतका विषयमा केन्द्रित रहेर छलफल भएको जनाइएको छ । बिहीबारै अध्यक्ष प्रचण्डसँग पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि अलग्गै भेटवार्ता गरे ।

‘म अध्यक्ष भेट्न गएको थिएँ, माधव कमरेड पनि पुग्नुभएको थियो । हामीबीच कुराकानी भएन, उहाँहरूले अलग्गै कुराकानी गर्नुभयो होला,’ श्रेष्ठले भने । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले एक सातायता पार्टीका शीर्ष नेताहरू तथा राजनीतिक दलहरूसँग बाक्लो संवाद गर्दै आएका छन् । नेपालसँगको सम्बन्ध सुधार गर्ने उद्देश्यले उनले मंगलबार बालुवाटारमै ४ घन्टा लामो छलफल थिए ।

नेपालसँगको भेटवार्तालगत्तै अध्यक्ष प्रचण्ड ओलीसँग छलफलका लागि बालुवाटार पुगेका थिए । महासचिव विष्णु पौडेलले नेताहरूबीच पार्टी सचिवालय र स्थायी समिति बैठक बोलाउने विषयमा छलफल भएको बताए । नेकपाको स्थायी समिति बैठक अघिल्लो वर्ष २९ मंसिरयता बस्न सकेको छैन ।

‘छिट्टै स्थायी समिति बैठक बस्नुपर्ने आवश्यकता छ, धेरै ढिलो भइसक्यो,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘उहाँहरूबीच बैठक बोलाउने दिशातिरै छलफल भइरहेको बुझेको छु । त्यसअघि प्रधानमन्त्रीले पनि गृहकार्यका लागि पार्टी नेताहरूसँग संवादको क्रम बढाउनुभएको छ ।

२०७६ कात्तिक २९ गते शुक्रवार १३:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु