विश्व बैंकको रिपोर्ट : नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार, उपभोक्तामैत्रि व्यवसाय बढ्ने संकेत
काठमाडौं । नेपालको डुइङ विजनेश इन्डेक्स (व्यवसाय गर्ने वातावरण)मा सुधार आएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले सार्वजनिक गरेको नयाँ रिपोर्टमा नेपालको डुइङ विजनेश इन्डेक्समा सुधार भएको उल्लेख छ ।
रिपोर्ट अनुसार नेपालको इन्डेक्स १६ स्थान माथि उक्लिएको छ । यसअघि ११० औं स्थानमा रहेको नेपाल १६ औं स्थान माथि उक्लिएर ९४ ओं स्थानमा आइपुगेको छ ।
अघिल्लो वर्ष ५ स्थानले नेपालको डुइङ विजनेश तल झरेको थियो । डुइङ विजनेश सुधार हुनुलाई व्यवसाय गर्न राम्रो वातावरण भएको मानिन्छ ।
९४ औं स्थानमा उक्लिएको नेपालले ६३.२ अंक पाएको छ । अघिल्लो वर्ष ५९.७ अंक रहेकोमा ३.५ प्रतिशतले सुधार भएको हो । नेपाल भन्दा छिमेकी मुलुक भारतले राम्रो सुधार गरेको छ ।
भारत यस अघि १४२ औं स्थानमा रहेकोमा यस वर्ष सुधार भएर ६३ औं स्थानमा उक्लिएको छ । डुइङ विजनेश इनडेक्समा सबैभन्दा शिर्ष स्थानमा न्यूजिल्याण्ड देखिएको छ भने सबैभन्दा पुछारमा सोमालिया रहेको छ ।
सबैभन्दा राम्रो सुधार गर्नेमा भने साउदी अरेविया देखिएको छ । नेपाल १६ औं स्थानमाथि उक्लिए पनि धेरै राम्रो सुधार गर्ने देशहरुको सूचीको टप १० मा पर्न सकेको छैन ।
सबैभन्दा राम्रो सुधार गर्ने विश्वका २० देशमध्ये ३ देश दक्षिण एसियाकै रहेका छन् । भारत पाकिस्तान र बंगलादेश सुधार गर्ने शीर्ष २० मा रहेका छन् । भारत ४ वर्षअघि १ सय ४२ स्थानमा थियो ।
डुइङ बिजनेशको शीर्ष स्थानमा भने क्रमशः न्युजिल्याण्ड, सिंगापुर, हङकङ्, डेनमार्क र दक्षिण कोरिया रहेका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालको सुधारलाई सकारात्मक रुपमा लिँदै व्यवसायमैत्री आर्थिक सुधारलाई थप विस्तारित र गहिरो बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।
२०७६ कात्तिक ७ गते बिहीवार १४:०७ बजे प्रकाशित