राष्ट्रिय गौरवका आयोजना छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजना छिटो सक्न निर्देशन दिएका छन् । बुधबार प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन गर्दै उनले सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरूलाई काम निर्धारित समयभन्दा छिटो सक्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले बुधबार दिउँसो पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, भेरी बबई डाइभर्सन, रानीजमरा र सिक्टा सिँचाइलगायत राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरेका हुन् । विभागीय मन्त्रीहरूलाई साथै राखेर उनले ती आयोजनाको प्रगती विवरण लिएका थिए । एक्सन रूममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।
ऊर्जामन्त्री पुनले प्रधानमन्त्रीले आयोजनाहरू अनुगमनपछि कार्यशैली बदलेर काम छिटो सक्न निर्देशन दिएका हुन् । गौरव गर्न लायक हुने गरी काम गर्न र कार्यशैली बदलेर तीव्रता दिइ तोकिएको समयभन्दा अघि नै आयोजनाका काम सक्न प्रधानमन्त्रीले निर्देशन दिएको सहभागी मन्त्रीले बताए ।
हालसमम कुनै पनि राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न भएका छैनन् । सरकारको कमजोर अनुगमन तथा विविध प्राविधिक समस्या देखाउँदै प्रत्येक आयोजना निर्माण सम्पन्न हुने समय दोब्बर लाग्ने गरेको छ । यसबाट खर्चमात्र बढ्ने नभइ समयमा नै आयोजना नसक्दा त्यसको अपेक्षित लाभ लिनबाट देश पनि बञ्चित भएको गुजासो आएपछि प्रधानमन्त्री आफै आयोजनाको अनुगमनमा लागेका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको भन्दै तत्काल समस्या समाधान कक्ष ९एक्सन रूम० सुरु गरेका थिए ।
२०७६ कात्तिक ७ गते बिहीवार १३:१८ बजे प्रकाशित