"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विदेशमा सिकेको सीप र पुँजी नेपाल भित्र्याउन एनआरएनलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउन गैरआवासीय नेपाली ९एनआरएन०लाई आग्रह गरेकी छिन् । काठमाडौंमा मंगलबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ ९एनआरएनए०को नवौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् । ‘सरकार आर्थिक विकासमा केन्द्रित छ, मुलुक समृद्ध नेपाल सुखी नेपालीको यात्रामा अगाडि बढेको छ,’ उनले भनिन्, ‘यस यात्रामा सरिक हुन तथा संसारभर आर्जेको ज्ञान र सीपलाई समुन्नत नेपाल निर्माणमा लगाउन हार्दिक आह्वान गर्दछु ।’ उनले नेपालमा गर्ने लगानीलाई थप सहजीकरण गर्न नीतिगत व्यवस्था गरेकोसमेत बताइन् । त्यस्तै, २०२० अप्रिलमा आयोजना हुने सगरमाथा संवाद र भ्रमण वर्ष २०२० लाई सफल बनाउने कार्यमा सघाउनसमेत उनले आग्रह गरिन् ।

उक्त अवसरमा पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले एनआरएनलाई विकास साझेदारकै रूपमा समेत स्वीकार गरिसकेको बताउँदै संसारभर बसेर प्राप्त गरेको ज्ञान र पुँजी नेपालमा लगाउन आग्रह गरे । उनले नेपालमा हुने विपद्मा एनआरएनले गरेको सहयोगको प्रशंसा गर्दै त्यस्ता कार्यलाई निरन्तरता दिनसमेत आग्रह गरे । उनले आफ्नो लगानी ल्याउनुका साथै विदेशी लगानी भिœयाउन सहयोग गरेर संमृद्ध नेपाल सुखी नेपालीको अभियानमा एनआरएनले सहयोग गर्न सक्नेसमेत बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा विदेशी लगानी आकर्षण गर्न एनआरएनलाई आग्रह गरिन् । उनले लगानीको अनुकूल वातावरण बनिरहेको बताउँदै लगानी गर्न तथा विदेशी लगानी ल्याउन एनआरएनलाई सुझाब दिइन् ।

एनआरएनएका अध्यक्ष भवन भट्टले हालसम्म एनआरएनले गरेका कार्र्यको जानकारी गराए । ‘एकीकृत लाप्राक बस्ती निर्माण सम्पन्न भएको छ, आफ्नै सचिवालय निर्माण सकिएको छ, सिन्धुलीगढी निर्माणको गुरुयोजना अघि बढेको छ,’ उनले भने, ‘यस्ता थुप्रै काम एनआरएनले गरिरहेको छ ।’ त्यस्तै, लगानी भित्र्याउने सन्दर्भमा विभिन्न कार्यक्रम गरेको, अतिथि देवो भवः अभियान चलाएको तथा १० अर्बको म्युचुअल फन्डको स्थापना गरेकोसमेत उनले जानकारी गराए ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले गैरआवासीय नेपाली ९एनआरएन०लाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहित छिट्टै नागरिकता उपलब्ध गराइने बताएका बताएका छन् । ‘नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय साधरणसभा’मा बोल्दै नेम्वाङले नेपाली नागरिकसरह सुनिश्चित हुने गरी गैरआवासीयलाई नागरिकता उपलब्ध गराइने बताए ।

अध्यक्षमा आचार्य र पन्त भिड्दै
काठमाडौंमा मंगलबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ ९एनआरएनए०को नवौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । एनआरएनएको नेतृत्वका लागि अध्यक्ष पदका निम्ति वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्त भिड्ने भएका छन् ।

अध्यक्षका प्रत्याशी आचार्य र पन्तले दुवै युरोपमा व्यवसाय गरिरहेका छन् । पर्वतका आचार्यको व्यवसाय बेलायतमा छ भने गोरखाका पन्तको व्यवसाय जर्मनीमा छ । नयाँ नेतृत्वका लागि पन्तलाई पूर्वअध्यक्ष जीवा लामिछाने र आचार्यलाई शेष घलेले साथ दिएका छन् । सम्मेलनमा ८१ मुलुकका एनआरएनहरू, राजनीतिज्ञ, उद्योगी–व्यवसायी, विशेषज्ञलगायत स्वदेशी तथा विदेशीसमेत गरी करिब २ हजार ५ सयको सहभागिता रहेको आयोजकले जनाएको छ ।

२०७६ असोज २९ गते बुधवार १३:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु