"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दशैंमा घर जाने यात्रु राजमार्गमा ठगिँदै, सरकारी अनुगमन किन पुगेन ध्यान

काठमाडौं । बजार अनुगमन काठमाडौं उपत्यकामा मात्रै केन्द्रित हुँदा दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुले ठगिनुपरिहेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने अनुगमन उपत्यकाभित्र मात्र सीमित हुँदा दशैंका लागि काठमाडौं छाड्ने यात्रुले वस्तु तथा सेवाको मूल्य वास्तविकभन्दा निकै धेरै तिर्नुपर्ने बाध्यता छ ।

काठमाडौंबाट बाहिरिने यात्रु राजमार्गका होटलमा खाना समेत बासी वितरण गर्ने गरेको उनको आरोप छ । राजमार्गमा व्यापारीले यात्रुसँग खाना, खाजा, पेय पदार्थ तथा अन्य जंक फूडको चर्को मूल्य लिँदै आएका छन् ।

काठमाडौं उपत्यका र बाहिरका पसलहरूमा करीब–करीब उस्तै मूल्यमा पाइने वस्तुको मूल्य राजमार्गमा दोब्बरभन्दा बढी लिने गरेको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ ।

‘राजमार्गमा २५ रुपैयाँको मिनरल वाटरको बोत्तललाई ५० देखि ५५ रुपैयाँसम्म पर्छ । खानामा पनि बढी रुपैयाँ लिएर बासी खाने कुरा दिने गर्छन् उपभोक्ताहरुको गुनासो छ ।

२०७६ असोज १२ गते आइतवार १९:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु