"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कृषि विकास बैंक चोरी काण्डका अभियुक्त पक्राउ

काठमाडौँ । कृषि विकास बैंकका लाहानस्थित शाखाबाट रकम आफ्नो खातामा  ट्रान्सफर गरेर रकम झिक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु सबै काठमाडौंबाट पक्राउ परेका हुन्। अन्यको खोजि/अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यहाँ कर्मचारीले नै पैसा चोरी गरेको पाइएको छ । बैंक कै कर्मचारीले  अवैध रुपमा पैसा झिकेको पाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताएका छन् । बैंकको नाफा/घाटा खातामा रहेको रकममध्ये ४ करोड रुपैयाँ उनीहरुले विभिन्न खाताहरुमा सारेको पाइएको छ।

प्राप्त जानकारी अनुसार खातामा सारिएको रकम मध्ये २ करोड रुपैयाँ उनीहरुले झिकेका छन्। अचानक नौ/नौ लाख रुपैयाँका दरले  पैसा झिकिएपछि बैंक ब्यवस्थापनले निगरानी बढाएको थियो। प्रहरीले पैसा झिक्ने केहीलाई पक्राउ गरिसकेको छ।

कृषि विकास बैंक स्रोतका अनुसार यो प्रकरणमा तीन जना कर्मचारीहरुको कम्प्युटर एकाउन्ट अर्थात् ‘युजर’ र ‘पासवर्ड’  प्रयोग भएको छ। यसैलाई प्रयोग गरेर बैंकिंग प्रणालीभित्र छिरेर नाफा/घाटा खातामा जम्मा भएको रकमलाई आफ्नो खातामा सारेका हुन्।

प्रहरीले जनाए अनुसार खाताबाट रकम आफ्नो खातामा  ट्रान्सफर गरेर रकम झिक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘आफ्नो खातमा रकम सारेर झिक्दै गर्दा पाँच जनालाई नियन्त्रणमा लिएका छौँ। अन्य व्यक्तिहरुको खोजी भइरहेको छ’ लहान प्रहरीले बताएको छ।

२०७६ असोज ८ गते बुधवार १२:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु