बिग मार्टको सुपथ मूल्य पसल सञ्चालनमा
काठमाडौं । बिगमार्टले आफ्नो १० औं वार्षिकोत्सवका अवसरमा ल्याएको १० वर्षअघि कै मूल्यको अफरले उपभोक्ताको मन जिते पछि अहिले दसैं, तिहार र छठ जस्ता पर्वलाई मध्यनजर गर्दै बिग मार्टले सुपथमूल्यको अफर ल्याएको हो ।
सन् २००९ जुलाईमा काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरमा पहिलो बिग मार्ट स्टोर सञ्चालनमा ल्याइएको थियो । त्यसपछि बिग मार्टले आफ्नो सञ्जाल विस्तार गर्दै गएको छ । बिगमार्टले अहिले काठमाडौं र ललितपुरमा गरी ३७ वटा स्टोर सञ्चालन गरिरहेको छ । बिगमार्टले हरेक महिना थुप्रै घरायसी सरसामानमा नयाँ–नयाँ अफर ल्याउँदै आएको छ ।
यो सुपर स्टोरले बजारको मूल्यमा नै तरकारी र फलफूल उपलब्ध गराउँदै आएको छ । यसका साथै हरेक दिन बेलुका तरकारीहरुमा विशेष छुटको व्यवस्था समेत गरेको छ । घरायसी प्रयोजनका लागि प्रयोग हुने खाद्य सामग्रीहरु, सरसफाइका सामग्री तथा पेय पदार्थहरुमा छुट समेत दिँदै आएको छ ।
बिगमार्टले उपत्यकामा अझै थप स्टोर विस्तार गर्ने तयारी गरेको छ । यसैगरी बिग मार्टले स्थानीय उपभोक्ताको सुविधाका लागि हरिसिद्धमा समेत असोज ३ गते शुक्रबार देखि सञ्चालनमा ल्याएको छ ।
बिग मार्ट स्टोरले एउटै छानामुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँछ । यो स्टोरले उपभोक्तालाई रोजी÷रोजीआफूलाई मनपर्ने ब्राण्डको दैनिक उपभोग्य सामग्रीका साथै बिग मार्ट ब्राण्डकै खाद्यान्न साथै हरियो तरकारी फलफूलसमेत किन्न पाउने सुविधा उपलब्ध गराएको छ ।
पछिल्लो समयमा बिग मार्ट व्यवस्थापनले फराकिलो, खुल्ला र पार्किङ सुविधा सहितका स्टोर सञ्चालनलाई प्राथमिकता दिएको छ । बिगमार्ट सुपरमार्केटले अबको दुई वर्षमा ६० वटा स्टोर सञ्चालनमा ल्याउने लक्ष्य बनाएको जानकारी दिए ।
Big mart Full page inner page final
२०७६ असोज ६ गते सोमवार १६:२४ बजे प्रकाशित