"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारको विकास खर्च : २ महिनामा जम्मा १ प्रतिशत खर्च

काठमाण्डौ । चालु आर्थिक वर्षको २ महिनामा जम्मा १ दशमलव ३१ प्रतिशत विकास खर्च भएको छ । सरकारले विगतका वर्षहरुमा विकास खर्च नहुने समस्यालाई यो वर्ष पार लगाउने भने पनि विकास बजेट खर्चको अवस्था सुधार हुन नसकेको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ८ अर्ब रुपैयाँ विकास बजेट छुट्याएकोमा साउन र भदौ महिनामा जम्मा ५ अर्ब ३३ करोड रुपैयाँ मात्रै खर्च भएको छ । यो छुट्याइएको रकमको जम्मा १ दशमलव ३१ प्रतिशत हो ।

यस्तै ९ खर्ब ५७ अर्ब रुपैयाँ चालु खर्च छुट्याइएकोमा २ महिनामा ६२ अर्ब ७३ करोड अर्थात ६ दशमलव ७५ प्रतिशत खर्च भएको छ ।

सरकारले यो वर्ष ११ खर्ब, १२ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा साउन र भदौमा १ खर्ब ४४ अर्ब रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको १३ दशमलव ९८ प्रतिशत हो ।

२०७६ असोज ६ गते सोमवार १३:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु